राजनीति

नेकपा बिबाद उत्कर्षमाः ओली बिरुद्ध पत्रकारमाझ उत्रिए प्रचण्ड, माधव, झलनाथसमूह

२१ साउन, काठमाडौं । नेकपाको बिबाद चरमउत्कर्शमा पुगेको छ । आज नेकपा अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधव कुमार नेपाल सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आज प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले बदला लिन खोजेको बताएका छन् ।  पटक पटक भएका वार्तामा प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्न नमानेर ओलीले पार्टीको पद्धतीलाई कुल्चिभएको भन्दै अध्यक्ष दहालले आफू पदका लागि नलागेको भन्दै पदका लागि लागेको भए मंशिर ४ गचते नै प्रधानमन्त्री हुने आफ्नो समय आईसकेको जिकिर गरे । उनले अबको लडाई भनेको पार्टीको बैचारिक लडाईँ भएको बताए ।

अध्यक्ष दहालले भने, ‘मलाई प्रधानमन्त्री हुन हतार भएको पनि छैन, इच्छा पनि छैन ।’ उनीहरुले अब पार्टीमा कस्तो विचार ल्याउने भन्ने बहस गर्नुपर्ने बेला अँएको भन्दै मार्क्सवाद, लेनिनवादका आधारमा निर्देर्शित पार्टी बनाउने कि बुर्जुवा मान्यतालाई पक्रिएर जाने ?, – पार्टीलाई निश्चित राजनीतिक मान्यतामा संगठित गर्ने कि अराजक भीड बनाउने ?, – पार्टीको अधीनमा व्यक्ति हुने कि व्यक्तिको अधीनमा पार्टी ?, – विवेकले सत्ता चलाउने कि सत्ताले विवेक ?, – सामूहिक निर्णय व्यक्तिगत उत्तरदायी कि व्यक्तिगत निर्णय को सामूहिक जिम्मेवारी ?

नेकपामा केहि महिनादेखी बिबाद उत्कर्शमा छ । ओली पक्षले अध्यक्ष दहाल पक्षलाई पदका लागि झगडा गरेको आरोप लगाईरहेको अवस्थामा आज दहाल पक्षले पदका लागि झगडा नगरेको कुरा बुझाउन खोजेको छ । आज उपाध्यक्ष बामदेब गौतमलाई आफ्नो पक्ष्ँमा तान्न गएका अध्यक्ष दहाललाई आफू कुनैपनि गुटमा नलाग्ने भन्दै बामदेबले निरास भएर पठाएको समाचार आएको थियो ।

आज नेताहरुले अध्यक्ष ओलीले नेकपामा फुटको गतिबिधि गर्दै आएको र त्यसैको उपजको रुपमा नेकपा एमाले दर्ता गरेको जिकिर गरेका छन् । ओलीले सचिवालय, स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउनसमेत नमानेकोकारण पार्टी धरापमा परेको प्रचण्डले बताए । पार्टी निकट सञ्चारकर्मीसँग नेताहरुले ओलीसँग रुष्ट हुन्दै आक्रोस पोखेका हुन् । केहीदिन अगाडी पुनः नेकपा माओपादी पनि दर्ता भएको छ यो प्रचण्डले गर्न लगाएको हल्ला सोत हुन थालेको छ ।