राजनीति

प्रचण्डलाई बामदेबको उत्तर, ‘म कुनै गुटमा लाग्दिन’ प्रचण्ड भए निरास

२१ साउन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दहाल र उपाध्यक्ष बामदेव गौतमबिच मंगलबार भएको भैँसिपाटी भेटको सन्दर्भमा गौतमका प्रेश संयोजक बिश्वमणी सुबेदीले स्पष्ट गरेका छन ।

उनले स्पष्टगर्दै भनेका छन् बामदेव गौतमलाई भेट्न उनको निवास भैंसिपाटी गएका अध्यक्ष दहालले अब तपाईँ के गर्नुहुन्छभनि सोध्दा गौतमले आफू कुनैपनि गुटमा नलाग्ने स्पष्ट गरेको बताएका छन् ।

आफूलाई समर्थनगर्लान भनेर भैसिपाटीगएका नेता गौतमसँगको भेटपछि अध्यक्ष दहाल निरासभएर फर्किएको अनुमान आजको प्रेश म्याटरबाट स्पष्टहुन्छ । केहीदिन अगाडीत्रबाट बालुवाटारमा बरिष्ठ नेता झलनाथखनाल रउपनेता सुवासचन्द्र नेम्वागंलाई साक्षी राखेर गरिएका दुई अध्यक्षबिचका बैठकपनि बिनानिष्कर्ष टुँगिएका छन् । केहिदिनअगाडी नेकपा अध्यक्षसमेतरहेका प्रधानमन्त्री पुष्पकमल दहाल बामदेव निवास भैँशिपाटीमा पत्नि राधीका शक्यसहित गएर रातीको खानासहित खाएको समाचार आएको थियो । 

सुवेदीको स्पष्ट पार्दै भनेका छन्ः

स्पष्ट पारिएको बारे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क।पुष्पकमल दाहाल (प्रचण्ड) ले साउन २० गते मंगलबार विहान पार्टी उपाध्यक्ष तथा संगठन विभागका प्रमुख क।वामदेव गौतमसँग गर्नुभएको भेटका सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

उक्त भेटमा अध्यक्ष क. प्रचण्डले उपाध्यक्ष क. गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गर्नुभएको हो ।

उक्त भेटका सन्दर्भमा विभिन्न किसिमका चर्चा, परिचर्चा गरिए पनि वास्तविकता निम्नानुसार मात्र भएको स्पष्ट पारिन्छ ।
स्मरणीय छ कि, साउन १३ गते उपाध्यक्ष क.वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राख्नुभएको प्रस्तावउपर सोही दिन पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री क.केपी शर्मा ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसक्नुभएको थियो ।
२० गते पार्टीका अर्का अध्यक्ष क.प्रचण्ड उपाध्यक्षलाई भेट्न जानुहुँदा
उपाध्यक्ष क.वामदेवले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभयो ।
क। प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो ।
उपाध्यक्ष क.वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क.प्रचण्डलाई बिदा गर्नुभयो ।

विश्वमणि सुवेदी
उपाध्यक्ष क.वामदेव गौतमको सहयोगी