प्रदेश 1

तेह्रथुममा काजक्रिया बाहेक सम्पुर्ण आवत–जावतमा रोक

२१ साउन काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि तेह्रथुम जिल्ला प्रवेशमा रोक लगाईएको छ ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमको निर्णय अनुसार जिल्लामा काजकिरिया बाहेक सम्पुर्ण आवत–जावतमा रोक लगाईएको हो ।

मुलुकैभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ लाई मध्यनजर गर्दै जिल्ला संकट व्यवस्थापनको बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले मुलुकैभरी लकडाउन हटाएपछि कोरोना संक्रमण बढेसंगै कोरोना फैलिएको भन्दै विभिन्न जिल्लाहरुले आवत–जावत लगाएत निशेधाज्ञा जारी गरेका गरिरहेको बेला तेह्रथुम जिल्लाले पनि कोरोना नियन्त्रणका लागि यस्तोबदम चालेको हो ।