प्रदेश 2

कोरोना संक्रमणका कारण पर्सामा थप एक पुरुषको मृत्यु

२१ साउन, वीरगञ्ज । पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बन्दै आएको वीरगञ्जमा फेरी एक व्यक्तिको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण पर्सामा फेरी एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ ।

सोमबारमात्रै एक युवतीको कोरोना का कारण मृत्यु भएको थियो । आज बिहानै वीरगञ्ज महागरपालीका ठडा नम्बर १५ का ४६ वर्षका पुरुषको मृत्यु भएको छ ।

गत साउन १८ गते नारायणी अस्पतालमा गरिएको पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राति कोभिड १९ संक्रमण पुष्टि भएको थियो । मधुमेहका रोगि मृतक पुरुषमा ज्वरो, खोकि बढेपछि मंगलबार राति ९ बजे वीरगञ्ज हेल्थकेयर अस्थाई कोभिड अस्पताल भर्ना गरिएको थियो ।

सोमबारमात्रै एक १८ वर्षकी युवतीको मृत्यु पस्चात कोरोना संक्रमण देखिएको थियो । लकडाउन खुलेयता पछिल्लो समय वीरगञ्ज, पर्सामा कोरोना संक्रमण र मृतकको संख्या थपिँदै गएको छ । कोरोना समुयाय स्तरमै फैलिँदै महामारीको रुप लिन थालेपछि त्यहाँ अहिले लकडाउन घोषणा गरिएको छ ।