आर्थिक

सुनको भाउले तोड्यो रेकर्डः तोला कै एक लाख नाघ्यो

२१ साउन, काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सुनको भाउले रेकर्ड तोडेको छ । एकैदिन तोलामा १६०० रूपैयाँले बढेर सुनले नयाँ कीर्तिमा कायम गरेको हो ।

सुनको भाउ अहिले तोलामै एक लाख नाघिसकेको छ । आज (बुधबार) सुनको प्रतितोला भाउ १ लाख ४ सय पुगेको छ । जुन, नेपालको इतिहासमा सुनको मूल्यले कायम गरेको नयाँ कीर्तिमान हो । भने आज चाँदिको भाउ तोलाको १२ सय १५ रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदि व्यवसायी महासंका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेको, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना सङ्क्रमणका कारण अस्थिरता बढेकाले सुनको भाउ निरन्तर बढिरहेको हो ।

मुलुकमा चाडपर्व नजिकिँदै गर्दा सुनको भाउ आकासिएको छ । महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ ।