राजनीति

कांग्रेसको प्रधानमन्त्री ओलीप्रति व्यंग्यः जनता बुझ्दैछन्,रिठ्ठा रोपेर कागती फल्दैन

२१ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताले रिठ्ठा रोपेर कागती फल्दैन भन्ने कुरा बुझ्दै गएको भन्दै प्रधानमन्त्री केपीशर्मा ओलीप्रति व्यंग्य गरेको छ ।

कांगे्रस प्रवक्ता विश्वप्रकास शर्माले ट्वीट गर्दै लगानी वोर्डको सिईओ नियुक्तिको विषयमा आपत्ति जनाउँदै कांग्रेसले लगानी बोर्डको नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओली संग स्पष्टीकरण खोज्ने र जनतालाई जवाफ दिने दायित्व नेकपाको भएको बताएका छन् ।

साथै कांग्रेसले नेकपाले पार्टीमा बाहिर अब मुलुकमा स्थिरताको आउने, मुलुकको विकास हुने भनेर भनेपनि भित्र आलोपालो सहमति गर्दै शुसासनको बेजोड नारा लगाउँदै अढाई बर्षमा पनि देशमा दुर्गतिमात्रै निम्तीएको बताएको छ । लगानी वोर्डको सिईओ नियुक्तिमा चौतर्फि आलोचना भईरहेका बेला प्रतिपक्षी दल कांग्रेसले पनि सरकारको उक्त निर्णप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

उनको ट्वीटः बाहिर स्थिरताको वचन,भित्र ञ आलोपालो सहमति । शुसासनको बेजोड नारा, अढाई बर्षमा दुर्गति क्रमशः बुझ्दैछन् जनता-रिठ्ठा रोपेर फल्दैन कागती लगानी बोर्डको नियुक्तिमा @Pm_Nepal संग स्पष्टीकरण खोज्ने र जनतालाई जवाफ दिने दायित्व नेकपाको हो यहि टिप्पणीमा हाम्रो पर्याप्त टिप्पणी छ ।