सामाजिक सञ्जाल

लगानी वोर्डको सिईओ नियुक्तिमा धनराजको आक्रोसः तत्काल निर्णय सच्याउनु बुद्धिमता

२१ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नेतृत्वले ब्यक्तिगत हित भन्दा मुलुकको हितलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले लगानी बोर्डको सिइओमा नवनियुक्त सुशील भट्टको बरेमा बिबादास्पद समाचारहरु आइरहेको प्रति ध्यानाकर्शण जनाउँदै यस्तो जोड दिएका हुन् ।

अहिले पूर्वाधार विकासका आयोजना अलपत्र पारेको भनेर कालोसूचीमा राखिएका विदेशी कम्पनीका एजेन्ट सुशील भट्टलाई लगानीको बोर्डको सिइओ बनाएको भन्दै चौतर्फि बिरोध भईरहेकाबेला नेता गुरुङको यस्तो अभिव्यक्ति आएको हो ।

नेता गुरुङले उक्त विषएको यथार्थ के हो ? भन्ने प्रश्न गर्दै बिबादस्पद ब्यक्तिको पक्षमा भएको निर्णयमा अडिनु भन्दा निर्णय सच्याउनु बुद्धिमता देखिन्छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्शण गराएका छन् ।

उनको ट्वीटः लगानी बोर्डको सिइओमा नवनियुक्त भट्टजीको बारेमा बिबादास्पद समाचारहरु आइरहेका छन् । @PM_Nepal  ज्यु ! यथार्थ के हो ? बिबादस्पद ब्यक्तिको पक्षमा भएको निर्णयमा अडिनु भन्दा निर्णय सच्याउनु बुद्धिमता देखिन्छ । नेतृत्वले ब्यक्तिगत हित भन्दा मुलुकको हितलाई ध्यान दिनु पर्छ ।