समाचार

पर्सामा गत सोमबार मृत्यु भएकी १८ वर्षकी युवतीमा देखियो कोरोना

२१ साउन, काठमाडौं । पर्सामा गत सोमबार मृत्यु भएकी एक १८ वर्षकी युवतिमा कोरोना पोजेटि देखिएको छ ।

पर्साको पोखरिया वस्दै आएकी युवतिको मृत्यु पस्चात गरिएको पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ अएको हो ।

यो संगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ । उनलाई पखाला लागेको थियो । यद्यपी उनको मृत्युको बारे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।