अन्तर्राष्ट्रिय

लेबनानको बेरुतमा भयानक विस्फोटः ७८ को मृत्यु, झण्डै चार हजार घाईते

२१ साउन, एजेन्सी । लेबनानको राजधानी बेरुतमा भयानक विस्फोट भएको छ । मंगलबारराति भएको उक्त विस्पोटमा परि ७८ जनाको मृत्यु भएको छ भने कम्तीमा चार हजार जना घाईते भएका छन् ।

मंगलबार राति भएको उक्त विस्फोटका बारेमा अनुसन्धान सुरु भइसकेको अधिकारीहरुले जनाएका छन् । साथै लेबनानको सर्वोच्च अदालतको डिफेन्स काउन्सिलले दोषीहरुलाई कडा सजाय हुने बताएको छ । लेबनानका प्रधानमन्त्री हसन दिआबले आजदेखी ३ दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

लेबनानी अधिकारीहरुले अनुसार एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण विस्फोट भएको दाबी गरेका छन् । राष्ट्रपति माइकल इयोनले पनि ट्वीट गर्दै २ हजार ७ सय ५० टन एमोनियम नाइट्रेट असुरक्षित तरिकाले राखिनु अस्वीकार्य भएको बताउँदै घटनाको अनुसन्धान हुने बताएका छन् ।

सन् २०१४ देखि एउटा गोदाममा विस्फोटक पदार्थ एमोनियम नाइट्रेट राखिएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार गोदामको वरिपरि रहेका सबै भवनहरु ध्वस्त भएका छन् । विस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको बीबीसीले जानकारी दिएको छ । उक्त विष्फोटको बारेमा विस्तृत अध्यन भैरहेको विविसिले जनाएको छ ।