पु.समाचार

आज भेटिए २५९ जना कोरोना संक्रमित, हालसम्म ५८ जनाको निधन

२० साउन, काठमाडौं । आज थप २५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेश ब्रिफिंगमा बताएअनुसार आजबाट नेपालमा कोरोना संक्रमितहरु २१ हजार ९ पुगेको छ ।

१५ हजार २० जना निको भई घर फर्किएका छन् भने ५८ जनाको निधन भएको छ ।