प्रदेश 1

कोशी अस्पतालमा मध्यरातमा निधन भएका न्योपानेलाई कोरोना नभएको पुष्टी

२० साउन, बिराटनगर । मध्यरातमा निधन भएका उदयपुरको बेलका नगरपालीकाका ५५ बर्षिया पुरुषको निधन कोरोनाका कारण नभएको पुष्टी भएको छ । कोरोना संक्रमणको आशंका गरिएका बेद प्रसाद न्यौपाने नाम गरेका ती पुरुषलाई अत्याधिक ज्वरो आएपछि बिराटनगरस्थीत कोशी अञ्चल अस्पतालमा निधन भएको हो । बिराट टिचिगं अस्पतालमा भर्ना गर्न खोज्दा कोरोना रिपोर्ट नभएका कारण भर्ना नगरिएको बताईएको थियो ।

आज बिहान निधन भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा चुमनलाल दासले पुष्टी गरेका छन् । अस्पतालमा १०४ डिग्री ज्वरो आएका उनको भर्ना गरिएको झण्डै १५ मिनटमा बिहान राती १।०० बजेतिर निधन भएको बताईएपनि उनको निधन एम्बुलेन्समै भएको स्थानीयले बताएका छन् ।

सोमबारमात्र ७७ बर्षिया बृद्धको कोरोनाका कारण निधन भएको उक्त अस्पतालमा पुनः एक व्यक्तीको निधन हुँदा बिराटनगरमा थप त्रास थियो । उनको निधन कोरोनाका कारण भएको हो होईन भन्ने पुष्टी भएपनि बिराटनगरबासी शान्त भएक छन् । शव ब्यवस्थापन भने नेपाली सेनाको टोलीले गर्ने जनाईएको छ ।

बिराटनगर महानगरले कोरोना बढेपछि केहिपिदन अगाडीदेखी नै कडा लकडाउन लगाएको छ ।