पु.समाचार

ओलीको आक्रोशः यता फर्किएपनि सरकारको बिरोध, उता फर्किएपनि बिरोध ?

२० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज डाकिएको प्रमुख प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रतिपक्ष दल समाजबादी जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित बिज्ञहरुसँगको बैठकमा बर्तमान समय भनेको सरकारको बिरोध गर्ने अवशरको रुपमा कसैले पनि लिन नहुने बताएका छन् ।

उनले सहभागीहरुसँग सरकारको यता पल्ल्टाएपनि बिरोध उता पल्टाए पनि बिरोध भन्दै घुमाउरो पारामा आक्रोश समेत पोखेका छन् । सभापति देउवाले समुदायस्तरमा कोरोना संक्रमणको स्तर हेरेर निर्णय गर्न, बिश्व स्वास्थ्य संगठन तथा बिज्ञहरुको सल्लाहअनुसार माक्स प्रयोग, सेनिटाईजर र दूरी कायम गर्नमा कडाई गनुपर्ने लगायतका सुझाव दिएपनि प्रधानमन्त्री ओलीले यो संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्छ ।

यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन गरेको भनेर विरोध, कहिले लकडाउन किन खोलेको भनेर विरोध भन्दै आक्रोश व्यक्त गरेका थिए । १८ हजारको परीक्षण गर्न सक्नेगरी परीक्षण क्षमता बिस्तार गरिएको सचिव महेन्द्र गुरगाईले जानकारी दिएका थिए ।

सञ्चार बिज्ञ रामशरण बजगाईका अनुसार कहिले कलडाउन गर्यो भने किन गरेको भन्दै बिरोध गर्ने त कहिले लकडाउन किन नगरेको भनेर बिरोध आउने गरेको प्रधानमन्त्रीले बताएका थिए । बिज्ञहरुसँगको छलफलपछि सरकारले आगामी लकडाउन गने वा नगर्ने वा कस्तो रणनीति लिने भन्ने टुंगो लाग्ने अनुमान गरिएको छ ।