राजनीति

प्रधानमन्त्रीले डाकेको बालुवाटार बैठकमा देउवालाई गरियो अण्डरस्टिमेट, कार्यकर्ताको असन्तुष्टी

२० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काँगेसका सभापतिसहित बिज्ञहरुलाई प्रधानमन्त्री विवास बालुवाटार बोलाएर पछिल्लो समय नेपालमा कोरोनाका कारण बढेको मृतक सँख्या र संक्रमण दरलाई मध्यनजर गर्दै आगामी रणनीति बनाउन छलफल गरेका छन् ।

नेकपाका अर्का अध्यक्ष लगायत प्रधानमन्त्री ओलीसँग रुष्ट नेताहरु नआएपनि पूर्बप्रधानमन्त्री शेरबहादुर देउवा, समाजबादी दलका अध्यक्ष महन्थ ठाकुर लगायत बिज्ञहरु उपस्थित छन् । आजको बैठकमा सभापति शेरबहादुर देउवालाई राखिएको कुर्शी पछाडि देखिएको छ । यसभन्दा अगाडी महत्व दिएर प्रधानमन्त्रीको लाईनमा राखिएको भएपनि आजको बैठकमा महन्थ थाकुरको छेउमा राखिएको छ। प्रधानमन्त्रीको कुशीभन्दा केही पर एउटा कुर्शी खाली छ सायद उक्त कुर्शी उपस्थित भएका भए नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहालको हुनसक्छ ।

सभापति देउवाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अपमान गरेको काँग्रेस कार्यकर्ताहरुको टिप्पणी छ । एक कार्यकर्ताले भने, ‘पुर्ब प्रधानमन्त्रीसमेत रहेको बिपक्षी दलका नेता शेरबहादुर दाईलाई संगैको लाईनमा राख्नुपर्ने हो, यसभन्दा अगाडी पनि त्यसैगरी बस्ने ब्यवस्था मिलाईएको थियो, आज खै के गरिएको हो, थाहा भएन, या प्रधानमन्त्रीमा दम्भ बढेको हो या त कुर्शीको व्यवस्थापन गर्नेको कमजोरी, जे भएपनि गलत हो ।’

यसभन्दा अगाडीको प्रधानमन्त्री ओली, अध्यक्ष दहाल र सभापति देउवालाई एउटै लाईनमा राख्ने ब्यवस्था भएपनि आज भने फरक छ । शुरुमा अध्यक्ष दहाललाई पछाडि राखिएको भन्दै बिरोध भएपछि परिवर्तर्न गर्दै प्रधानमन्त्तीकै लाईनमा राख्ने व्यवस्था गरिएको थियो । बैठक बसिरहेकोले निर्णय के हुन्छ त्यो बेग्लै हो । सभापति देउवाले कस्तो महशुस गरे त्यो भने उनीसँग बुझ्ने प्रयास भईरहेको छ भने सभापति देउवा ओलीसंग बढी हेलमेल गरेको भन्दै काँग्रेसबृतमा कतिपय नेताकार्यकर्ताबाट उनको आलोचनासमेत हुनेगरेको छ । 

सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरहरु