राजनीति

प्रधानमन्त्रीले बोलाएको बिपक्षीदलसहितको विज्ञहरुको बैठकमा अध्यक्षसहितका नेता अनुपस्थित

२० साउन काठमाडौं । लकडाउनको मोडालिटिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज विज्ञसंग सामुहिक परामर्श गरिरहेका छन्। मुलुकमा लकडाउन खुलेयता कोरोना संक्रमीतको संख्या ह्वात्तै बढेपछि प्रधानमन्त्री ओलीले आज चिकित्सक, नर्स, जनस्वास्थ्यविद् तथा स्वास्थ्य क्षेत्रका संघसंस्थाका प्रतिनिधिसंग छलफल गगरेका हुन् ।

मुलुकमा जारी लकडाउ खुलेसंगै संघीय राजधानी काठमाडौंं सहित देशभर संक्रमण तिब्र रुपमा बढेपछि प्रधानमन्त्रीले संक्रमण कसरी रोक्न सकिन्छ ? भन्नेबारे विज्ञसँग सामूहिक परामर्श थालेका हुन् ।

समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्बत्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न विज्ञलाई बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएअनुसार पुर्ब प्रधानमन्त्री एबम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, समाजबादी जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत विज्ञहरु उपस्थित रहेका छन् ।

यसअघि पनि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले विज्ञसँग परामर्श गरेका थिए । साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ । बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ । आजसम्म ५७ जनाको कोरोना संक्रमणका कारण निधन भइसकेको छ भने केही निधन भएकाको कोरोना संक्रमण पुष्टी भएका ६० पुग्ने देखिन्छ । २० हजार ७०० को हाराहारीमा संक्रमित भईसकेको अवस्थामा पछिललो समय कोरोनाका कारण निधन हुने र संक्रमितको संख्या बढिरहेको छ ।
आजको बैठका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल भने उपस्थित छैनन् । प्रधानमन्त्रीबाट राजीनामा मागेका उनीहरु प्रधानमन्त्री ओलीसँग रुष्ट भएका कारण उपस्थित नभएको बताईएको छ । बोलाएको भएपनि नआएका अध्यक्ष दहाल भने बामदेबलाई भेट्न भैसीपाटी गएको दाबी गरिएको छ ।