प्रदेश 1

१०४ डिग्री ज्वरो आएका न्यौपानेको मध्यरातमा निधन, कोरोनाको आशंका

२० साउन, बिराटनगर । उदयपुरको बेलका नगरपालीकाका ५५ बर्षिया एक पुरुषको निधन भएको छ । कोरोना संक्रमणको आशंका गरिएका बेद प्रसाद न्यौपाने नाम गरेका ती पुरुषलाई अत्याधिक ज्वरो आएपछि बिराटनगरस्थीत कोशी अञ्चल अस्पतालमा निधन भएको हो । बिराट टिचिगं अूपतालमा भर्ना गर्न खोज्दा कोरोना रिपोर्ट नभएका कारण भर्ना नगरिएको बताईएको छ ।

आज बिहान निधन भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा चुमनलाल दासले पुष्टी गरेका छन् । अस्पतालमा १०४ डिग्री ज्वरो आएका उनको भर्ना गरिएको झण्डै १५ मिनटमा बिहान राती १.०० बजेतिर निधन भएको थियो ।

सोमबारमात्र ७ठ बर्षिया बृद्धको कोरोनाका कारण निधन भएको उक्त अस्पतालमा पुनः एक व्यक्तीको निधन भएके छ । उनको निधन कोरोनाका कारण भएको हो होईन भन्ने पुष्टी भने कोरोना रिपोर्ट आएपछि हुने जनाईएको छ । शव ब्यवस्थापन भने नेपाली सेनाको टोलीले गर्नेए जनाईएको छ ।

बिराटनगर महानगरले कोरोना बढेपछि लकडाउन लगाएको छ ।