प्रदेश 2

वीरगञ्जमा फेरी सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना पुष्टि

२० साउन, काठमाडौं । लकडाउन खुले यता मुलुकैभरी कोरोना संक्रमीतहरु थपिरहेको छ । त्यस्मा पनि वीरगञ्जमा पछिल्लो समय वीरगञ्जमा स्वास्थ्यकर्मी, पत्रकार हरुमा संक्रमण देखिँदै गएको छ ।

यस्तै सोमबार साँझ वीरगञ्जमा फेरी ३४ जना नयाँ संक्रमीत थपिएका छन् । संक्रमीत हुनेहरुमा नेपाली सेना, थुनुवा र पत्रकार रहेका छन् । वीरगञ्जस्थस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २८ जना पुरुष र ६ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेमाहरु १४ वर्षका बालकदेखि ५६ वर्षका पुरुष रहेका छन् । सोमबार अबेर राती संक्रमण पुष्टि भएका ३४ मा वीरगन्ज ब्यारेकका २८ देखि ३४ बर्षका ३ जना नेपाली सेना, पर्सा वीरगन्जका २२ बर्षका १ जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा कक्षमा रहेका २० बर्षका १ जना थुनुवा र ब्योध्या अस्पताल र नेशनल मेडिकल कलेजका १/१ जना डाक्टर रहेको मेसु उपाध्यायले जानकारी दिएका छन् ।

त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २१ बर्ष ५६ बर्षका १५ जना,स्वेच्छाले पैसा तिरेर जाँच गराएका ३६ बर्ष ४९ बर्षका ५ जना, पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर २ का १ जना पुरुष र २ जना महिला रहेका छन् भने पर्सा जिल्लाको सेढवाका २२ बर्षका १ जना युवा रहेको मेसु उपाध्यायले जानकारी दिए ।

त्यसैगरी बारा जिल्ला कलैयाका २९ बर्षका १ जना पुरुष र बारा जिल्ला फेटा गाँयपालिका वडा नम्बर ४ का २८ बर्षका १ जना पुरुष र सर्लाही जिल्ला मलगंवा वडा नम्बर ८ का ४८ बर्षका १ जना पुरुष रहेको मेसु उपाध्यायले जानकारी दिए ।

साउन १४ गते देखि १८ गते सम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ३४ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा.उदय नारायण सिंहले जानकारी दिए । पर्सामा कोरोना संक्रमितको संख्या ६ सय १४ जना पुगेको नारायणी अस्पतालका डा. सिंहले बताए ।