समाचार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडाअध्यक्ष पक्राउ

२० साउन, गोरखा । गोरखाको पालुङटार नगरपालिका ४ का बडाध्यक्ष बलात्कारको अभियोगमा पक्राउ परेका छन ।

एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ठाकुरकान्त रानाभाटलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा रानाभाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिएका छन् ।

बिहे गर्ने प्रलोभन दिएर पटक पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख रहेको एसपी गुरुङले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।