आर्थिक

कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अबअन्लाईन माध्यममार्फत

१९ साउन, काठमाडौं । कर्मचारी सञ्चय कोषले आफूले प्रदानगर्ने गरेकोसरल चक्रकर्जा, शैक्षिक सापटी,घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अन्लाईन माध्यमबाट connectIPSe-Payment  प्रणाली मार्फतगर्ने व्यवस्थाको थालनी गरेको छ ।  यसरी गरिएको कर्जा भुक्तानीको संकलन सोझै हिमालयन बैंक, माछापुच्छ्र्रे बैंक तथा एनआइसि एसिया बैंकमा रहेको कोषको तोकिएको खातामा हुनेछ ।

यसडिजिटल माध्यमबाट कर्जा भुक्तानीको व्यवस्थासँगै सञ्चय कोषका विभिन्न कर्जाहरुको भुक्तानी अन्लाईन माध्यममार्फत connectIPS बाट सोझै यस प्रणालीमा आबद्ध ५५ वटा बैंकवित्तिय संस्थाहरुका खाताबाट गर्न सकिने छ भने अब देखी ग्राहकले कर्जा भुक्तानीका निम्ती कोषको कार्यालय वा बैंक काउन्टर सम्मपुग्नुपर्ने बाध्यतापनि रहने छैन ।

यसका निम्ति ऋृणीले connectIPS e-Payment प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिन्कतथा भेरिफाई गराई सजिलै भुक्तानीगर्न सक्नेछन् । ऋृणीले www.connectips.com मागई कर्मचारी सञ्चय कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् । ऋणीले भुक्तानी गर्नुपर्ने कर्जा छनोट गरी मोबाईल/ UCIN नम्बर तथा ऋणीको नामलगायताका मागिएका आवश्यक विवरण भरी भुक्तानीगर्ने रकमदाखिला गरी सोझै बैंक खाताबाट भुक्तानी गर्न सक्दछन् भने कोषको हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसि एसिया बैंकमा रहेका तोकिएको खातामासो रकम सोझै जम्माहुनेछ ।यस सँगै कोषको आफ्नो प्रणालीमा पनि भुक्तानी सफल भएको जानकारी प्राप्तगर्न सकिनेछ ।

कर्मचारी सञ्चय कोष तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीचगतवर्ष श्रावणमा नेशनल पेमेन्ट्स इन्टरफेस ९ल्एक्ष्० को प्रयोग गरी बैंक खातामा आधारित डिजिटल भुक्तानी कारोबारहरु गर्ने सम्झौताभएको थियो । सो सम्झौताअनुरुपगतवर्ष श्रावण देखी नै कोषले प्रदानगर्ने धितो कर्जालगयातका भुक्तानी सोझै लाभ ग्राहीको बैंक खातामा जम्मा गर्दै आएको छ जसमा असार मसान्त २०७७ सम्म NPI मार्फत ने.५.३६ अर्ब बराबरको ३२ हजार भन्दा बढी भुक्तानीहरु भैसकेका छन् ।यससँगै अन्लाईनबाट कर्जा भुक्तानीको सुरुवात कोषको डिजिटाइजेसनतर्फको अर्को कोषेढुङ्गाको रुपमालिइएको छ भने यसका साथै कोषले विभिन्न संस्थाहरुबाट कोषमाहुने कर्मचारीहरुको योगदानमा आधारित मासिक भुक्तानीलगायतका संकलनपनि निकट भविष्यमा अन्लाईन मार्फत गर्ने योजना रहेको जनाएको छ ।