आर्थिक

माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिबीच सम्झौता

१९ साउन, काठमाडौं । माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटिबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धीसम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटिबीच सम्झौताबैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटिको तर्फबाट प्रमुख कार्यकारी अधिकृतकृष्ण न्यौपानेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्वार्थ बिजिनेश गु्रप अफ हस्पिटालिटि अन्तर्गतका देशका बिभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशत सम्मको छुट पाउनेछन् । बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनैपनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन्।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फतबाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।