समाचार

स्रोत नखुलेको रकमसहित संरक्षण अधिकृत पक्राउ

१९ साउन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको आठ लाख ९८ हजार रकमसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा२झ १८७३ नंको गाडीमा यात्रा गरिरहेका भन्ने सूचनाका आधारमा उनीहरुलाई आज पक्राउ गरिएको हो ।

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देहीबाट पक्राउ गरिएको हो । आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।