प्रदेश 1

दुर्घटनामा एकको मुत्यु, तीन गम्भीर घाइते

१९ साउन, भोजपुर । भोजपुरको आमचोक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । आमचोक–३ को हागातुङ सडकखण्डमा बयाङबाट बालाङ्खातर्फ जाँदै गरेको १–०२–००३ त ५८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २८ वर्षीय चालक दीपक कुँवरको आइतबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घाइते हुनेमा १४ वर्षीय नवहाङ राई, १६ वर्षीय विकास कुँवर र १८ वर्षीय सहचालक नकुल राई रहेका छन् । उनीहरुको धरान स्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीको भनाइ छ । ट्याक्टर अनियन्त्रित भई सडकबाट ३०० मिटर तल झरेको थियो ।