पु.समाचार

काठमाडौं उपत्यकामा देखिए ५१ जना कोरोना संक्रमित

१९ साउन, काठमाडौं । आज काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाईरसको संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ४३ जना ललितपुरमा ३ जना र भक्तपुरमा ५ जना गरी जम्मा ४३ जनामा कोरोना संक्रमण्ढा देखिएको हो ।

देशभर४१८ कोरोना संक्रमणबाट जनालाई कोरोना संक्रमण पुष्टी भएको छ। १४ हजार ९६१ जना कोरोना निको भएर फर्किएका छन् । आजसम्म ५७ जनाको कोरोनाबाट निधन भएका छन् । अहिले पनि कोरोनाको जोशिम ठूला शहरमा बढी भएको भन्दै चहलपहल भएका स्थानमा बढी जोखिम भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

उनले सबैलाई सतर्क र साबधानी अपनाउन आग्रह गरेका छन् । सार्बजनिक यातायातमा यात्रा गर्दा नाक र मुख राम्रोसँग बन्द गर्ने, आँखा नाक मुख नछुने, सकेसम्म कसैलाई नछुने कार्य गर्दा कोरोनाबाट बच्न सकिने उपाय अपनाउन आग्रह गरेका छन् । उनले अहिलेपनि बाहिरबाट आएकालाई कम्तीमा १४ दिन क्वारेन्टाईनमा राख्न आग्रह गरेका छन् । कोरोना संक्रमण यसैगरी गए पुन लकडाउन गर्नुपर्ने हुनसक्ने उनले आँकलन गरे । आफूपनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरे ।