आर्थिक

सजिलो मिल्सबाट अनलाईन फुड डेलिभरी प्रारम्भ

१९ साउन, काठमाडौं । व्यक्तिले चाहे अनुसारको तयारी खाना घर घरमा पुर्‍याउने उद्देश्यले सजिलो मिल्सले श्रावण २० गते मंगलबार बाट आफ्नो कारोबार संचालन गर्न गइरहेको छ। कम्पनीले पहिलो चरणमा काठमाण्डौ भित्र संचालनमा रहेका रेष्टुरेन्टहरुमा तैयार खानाहरु ग्राहको स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको एक घण्टामा घरमा पुर्‍याउने लक्ष्य लिएको छ।

हाल सम्म ३५ वटा रेष्टुरेन्टसंग यस सम्बन्धी संझौता भइसकेकोछ। दोस्रो चरणमा घरमा तैयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पुर्‍याउने कार्यक्रम बनाएको छ। घरमा तैयार हुने खानाको लागि उपत्यका भित्र पाँच–पाँच जना महिलाको समूह बनाई पच्चिस स्थानमा खाना बनाउने केन्द्र पव्लिक प्राइभेट पार्टनरसिपमा तैयार गरिनेछ।

उनीहरुलाई आवश्यक सामाग्रि, तालिम र अरु सुविधा उपलब्ध गराएर रोजगारी श्रृजना गरिनेछ र घरको काम सक्काएर फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादन शिल बनाउने प्रयास गरिनेछ।

लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिहरु मिलेर देशमा केही गरौ भनेर अनलाइन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न गइरहेको हो। अष्ट्रेलिया र क्यानाडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई र इकमर्स विशेषज्ञ डा.सुनिल सिंह सिंजापती तथा लण्डनमा व्यवसाय गरी फर्कका होटल व्यवसायी विष्णु बहादुर कार्की र बैंकररबीमा व्यवसायी रमेश कुमार भट्टराईको संयुक्त लगानी रहेको सजिलो मिल्सले उपत्यका वासीको मन जितेर रोजगारी श्रृजनाको साथै गुणस्तरीय कारोबार विस्तार गर्दै जाने कम्पनीको प्रतिबद्धता छन।