राजनीति

नेकपा विवादः ओली र दाहालबीचको आजको बैठकमानि जुटेन सहमती

१९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का दुई अध्यक्षबिचको आजको वर्षपनि विना निस्कर्श टुंगएएको छ । आजको वार्ताले पनि पार्टी भित्रको आन्तरिक विवादमा कुनै सहमति निकाल्न सकेन ।

आइतबारको बैठक सकारात्मक भएको दाबी गरिए पनि आज बिहान बालुवाटारमा भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वार्तामा कुनै सहमति नभएको नेकपा स्रोतले बताएको छ ।

ओलीले सबै विवाद केन्द्रीय सचिवालयलबाट मिलाएर मात्रै स्थायी कमिटिमा जान प्रस्ताव गरेको बताइएको छ । तर अर्का अध्यक्ष प्रचण्ड र नेता झलनाथ खनालले भने सचिवालयमा जानु अघि विवाद टुंग्याउनु पर्ने अडान राखेका छन् ।

उनीहरुले स्थायी कमिटि हाल स्थगित भएको अवस्थामा त्यहाँ पनि ठोस प्रस्ताव लैजानु पर्ने बताएको स्रोतले जनाकारी दिएको छ । त्यसपछि ठोस निर्णय नगरी वार्ता सकिएको हो ।

नेता बामदेव गौतम आफ्नो खेमामा आएपछि ओली आफ्नो पक्षमा बहुमत देखिएको विश्लेषणसहित सचिवलाय हुँदै स्थायी कमिटिमा जाने तयारीमा देखिएका हुन् । तर प्रचण्ड पक्षले भने सचिवालय अघि नै शीर्ष तहमा सहमति बन्नु पर्ने अडानमा छ ।