सामाजिक सञ्जाल

डा भट्टराईको प्रचण्डलाई प्रश्नः भोलि ओलीका चरणमा धूपबत्ती गर्ने हो कि ?

१९ साउन, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको नेता डा.बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पानी आन्द्रे हर्कत देख्दा जनयुद्धकै नायक हुन् ? त भन्ने मै शंकै उब्जीएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

साथै  दाहालले प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई स्वेच्छाले पद छोडेर निकास दिन आग्रह गरेको खबर बाहिर आएपछि भट्टराईले ओलीको अडानसामु दाहाल निरीह भएको दाबी गर्दै त्यसलाई ‘पानी आन्द्रे हर्कत’को संज्ञा दिएका हुन ।

साथै डा भट्टराईले भोलि ओलीका चरणमा धूपबत्ती गर्ने हो कि ? भन्ने प्रश्न गर्दै ओली बरू आफ्नो निरंकुश \ फासिष्ट सोच र अडानमा दृढ देखिएको बताएका छन् ।

उनको ट्वीटः ‘पद स्वेच्छाले छाडेर निकास दिन आग्रह’ रे ! भोलि ओलीका चरणमा धूपबत्ती गर्ने हो कि ? ओली बरू आफ्नो निरंकुशरफासिष्ट सोचरअडानमा दृढ देखिए ! लुइ चौधौंले I am the state भने झैं ओली हाकाहाकी I am the Party भनिरहेछन् । तर प्रचण्डको पानीआन्द्रे हर्कत देख्दा यी जनयुद्धकै नायक हुन् त ? शंकै लाग्यो !