पु.समाचार

मेलम्ची बजार नजिकै भयानक पहिरोः आठ कामदार पुरिए, एकको उद्धार

१९ साउन, काठमाडौं । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकमा भिषण पहिरो गएको छ । उक्त पहिरोमा परि आठ जना बेपत्ता भएका छन् भने एकको शकुसल उद्धार गरिएको छ ।

मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची बजार पिपल बोटमा कभर्ड निर्माणका लागि खटिएका आठ मजदुरहरू पहिरोमा परेकोमा एकको उद्धार भएको हो । साथै अन्य बेपत्ताहरुको खोखि भईरहेको भएपनि जिवितै उद्धारहुने कम सम्भावना रहेको मेलम्ची नगरपालीकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिएका छन् ।

अहिले स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएका छन् । राति सुतिरहेका बेला टहरामाथिको ढिस्को खसेर उनीहरु पुरिएका हुन् ।

यस्तै देशभर मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू-भागमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकमा राति ६\७ घण्टासम्म ‘अति भारी’ वर्षा भएको छ ।

धाप, गुमथाङ, बाह्रबीसे र आसपास अतिभारी वर्षा भएकाले मेलम्ची, ईन्द्रावती, बलेफी तथा केही साना सहायक नदीमा आकस्मिक बाढी आएकाले सतर्क रहन एसएमएस पठाइएको विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।