खेलकुद

भारत सरकारले दियो युएईमा आईपीएल टी-ट्वान्टीआयोजनाका  लागि अनुमति

१९ साउन, एजेन्सी । भारत सरकारले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट युएईमा आयोजना गर्नका लागि अनुमति दिएको छ ।

आईपीएलको गभर्निङ बडीले आइतबार भारत सरकारबाट युएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो । सरकारको अनुमति पाएसँगै १३ औं संस्करणको आईपीएल युएईमा हुने पक्का भएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बीसीसीआई० ले आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने बताईसकेको छ ।

यस्तै आईपीएलको गभर्निङ बडीले हरेक टिममा २४ खेलाडी राख्ने पाईने नियम समेत बताईएको छ । कोरोना भाईरसको महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो ।

एसिया कप र टी–२० विश्वकप यस वर्ष स्थगित भएसंगै आईपीएल आयोजनाको बाटो खुलेको हो । आईपीएल युएईमा आयोजना हुन लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मा समेत पहिलो चरणको खेलहरु युएईमा भएको थियो । यस पटक भने पुरा सिजन युएईमा हुनेछ ।

यस अघि आईपीएल मार्च २९ बाट हुने तालिका रहेको थियो । तर, कोरोनाको कारण लिग स्थगित गरिएको थियो ।