प्रदेश 1

सुनसरीको बराहक्षेत्रका तीन वडा सिल गर्ने नगरपालिकाको निर्णय

१८ साउन, चक्रघट्टी । कोरोना बाट आफु पनि बचौ अरुलाई पनि बचाऔं भन्ने नाराका साथ सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकाले वडा नम्बर ६ मा कोरोना भेटिएपछि ६, ७ र ८ नम्बर वडा शील गरेको जनाएको छ ।

नगरपालिकाले नियमको पूर्ण रूपले पालना गर्दै आफ्नो र आफ्नो परिवारको जिवन रक्षाको लागि एकजुट बनौ भन्द १९ गेते सोमबार बिहानदेखी लागू हुनेगरी यातायात, होटल, पसलहरु बन्द गर्न आग्रह गरेको छ ।

नगरपालिकाले अत्यावश्यकीय ओषधि, खाद्यान्न तथा दुधजन्य पदार्थलाई भने बन्द गरेको छैन । तिनवटा नगरलालीका यसभन्दा अगाडी महेन्द्रनगर गविस पर्दथ्र्यो ।