प्रदेश 1

घुस लिएको अभियोगमा इटहरीका लेखा अधिकृत पोखरेलबिरुद्ध मुद्दा

१८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६५ हजार घुस लिएको अभियोगमा इटहरी नगरपालिका सुनसरीका लेखा अधिकृत विकास पोखरेल विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उपमहारनगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा पोखरेलले सेवाग्राहीसँग घुस माग गरेको आरोप लागेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी पोखरेल विरुद्ध बिगो अनुसारको कारवाहीको माग दाबी गरिएको छ ।