सामाजिक सञ्जाल

अध्यक्ष थापाको आग्रहः कोरोनाको जोखिम बढ्यो तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्नुस्

१८ साउन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले कोरोना संक्रमण बढेकोले मुलुकमा स्वास्थ्य आपतकाल घोषणा गर्न आग्रह गरेका छन् ।

उनले ट्वीट गर्दै काठमाडौं उपत्यका र तराईका केही जिल्लाहरुमा कोरोनाको महामारी डरलाग्दो हुंदै गएको बताउँदै प्रभावित स्थानहरुमा तत्काल आपतकाल घोषणा गर्न माग गरेका हुन् ।

अध्यक्ष थापाले स्वास्थ्य आपतकाल घोषणा गरी सशक्त कदमचाल्न, परिक्षणको दायरा बढाउन र स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउन सरकारको ध्यान जाओस्,  यसवारे स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको तहबाट पहलकदमी आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष थापाको ट्वीटः काठमाडौं उपत्यका र तराईका केही जिल्लाहरुमा कोरोनाको महामारी डरलाग्दो हुंदै गएकोछ। ती क्षेत्रमा तत्काल स्वास्थ्य आपतकाल घोषणा गरी सशक्त कदमचाल्न, परिक्षणको दायरा बढाउन र स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउन सरकारको ध्यान जाओस्।यसवारे स्वयं प्रम @kpsharmaoli को तहबाट पहलकदमी आवश्यक छ