प्रवास

थप ५० नेपालीलाई जापानमा छात्रवृत्ति

१८ साउन, टोकियो । जापानमा अध्ययनरत थप ५० नेपाली विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । इन्टरनेशनल ह्युुमन रिसोर्स नेटवर्क अर्गनाइजेसनले उक्त छात्रवृत्ति दिने भएको हो । उक्त संस्थाले विभिन्न देशका झण्डै ४८० विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको छ । सो संस्थालाई जापानमा कौएकी जाइदान हौजिन भनिन्छ । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको उपस्थितिमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने बारेमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले प्रत्येक महिना ३० हजारका दरले दुई वर्षसम्म उक्त रकम पाउने छात्रवृत्तिका लागि सहयोगी भूमिका निर्वाह गरिरहेका कोएकी जाइदान होजिनमा कार्यरत कमल बाँस्तोलाले बताए । छात्रवृत्तिको लागि सिफारिस भने गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) जापानले गर्ने भएको छ । एनआरएनए जापानले आर्थिक अवस्था कमजोर रहेका र जापान आएपछि जापान सरकारले तोकेको मापदण्डमा रहेर बस्दै आए, नआएको भन्ने आधारमा छनोट गर्नेछ ।