आर्थिक

मुक्तिनाथ विकास बैंकमा शार्मा नियुक्त भए स्वतन्त्र सञ्चालक

१८ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंकको संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३को दफा १४ (३) बमोजिम श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । निज नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालयअन्तर्गत करिव ३९ वर्ष कार्य गरी सकेका छन् ।
नेपालमा उनी एक व्यवस्थापन विज्ञको रुपमा परिचित छन् र साथै, विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमाकार्य गर्दै आएका छन् । उनले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट सार्बजनिक प्रशासन विषयमा स्नातकोत्तर तह, त्रिभुवन विश्वविद्यालयबाट व्वस्थापन प्रशासन विषयमा स्नातकोत्तर तह र सर्रे विश्व विद्यालय, बेलायतबाट, पर्यटन ब्यवस्थापन विषयमा अध्ययन गरहेका छन् ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, प्रविधिमाआधारित रहीमोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदानगर्दै आई रहेको प्रमुख सूचनाअधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिएका छन् ।