राजनीति

धनराज बिद्यासुन्दरसँग आक्रोशितः मदिरापान/कोटको खल्ती/भुँडी मर्मतका लागि सीमाहीन भ्रष्टाचार भयो?

१८ साउन, कामाण्डौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले काठमाडौ महानगरपालीकामा सीमाहिन भ्रष्टाचार भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा ट्वीट लेख्दै कामाण्डौं महानगर पालिकाको अस्वाभाविक खर्चको फेहरिस्त उल्लेख उक्त भ्रष्टाचारको बिरोध गरेका छन् ।

नेता गुरुगंले जलपानः डेढ करोड, इन्धनः दश करोड, सवारी साधन मर्मतः चार करोड खर्च भएको भनि महानगरले देखाएको हिसावसहित प्रश्तुत गर्दै उक्त अस्वभाविक खर्चको कडा बिरोध गरेका छन् ।

उनले महानगरलाई तीनवटै खर्चमा कडा प्रश्न सोध्दै भनेका छन्, ‘१) डेढ करोडको जलपान हो कि मदिरापान?, २) १० करोडको इन्धन गाडीमा हालेको कि कोटको खल्तीमा?, ३) चार करोडको गाडी मर्मत गरेको कि भुँडी मर्मत?

नेता गुरुगंले प्रश्न सोधेको नगरपालीकाका कर्मचारीहरु बिदेशी रक्सीमा मस्त भएको समाचार सुर्यखबरले यसअघि प्रकाशित गरेको थियो । गत स्थानीय तहमा मेयरमा निर्बाचित भएका मेयर बिद्या सुन्दर शाक्यप्रति लक्षीत गर्दै नेता गुरुगंले आक्रोस पोखेका हुन् ।

लकडाउनमा महानगरका निर्देशक कार्कीसहित कर्मचारीहरु बिदेशी रक्सीमा भेटिए मस्त

नेता गुरुगंको ट्वीटः

कामाण्डौं महानगर पालिकाको अस्वाभाविक खर्चः
१) जलपानः डेढ करोड, २) इन्धनः दश करोड, ३) सवारी साधन मर्मतः चार करोड
१) डेढ करोडको जलपान हो कि मदिरापान?, २) १० करोडको इन्धन गाडीमा हालेको कि कोटको खल्तीमा?, ३) चार करोडको गाडी मर्मत गरेको कि भुँडी मर्मत? #सिमानहीनभ्रष्टाचार