राजनीति

कम्युनिष्ट बोल्नेमात्र, देश र जनता धनी बनाउन काँग्रेसको बिकल्प छैनः अध्यक्ष बस्नेत

१७ साउन, काठमाडौं । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले काँग्रेसका सभापति कृष्ण प्रसाद भट्टराई र शुसिल कोईरालाले दुईपटक संबिधान बनाएको बताएका छन् । नेपाली काँग्रेसले राणा र राजालाई फालेको इतिहास भएको भन्दै नेपाली काँग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजबादका लागि ज्यान आहूति दिन तयार रहेको बताएका छन् । अध्यक्ष बस्नेतले सबै जातजाती भाषाभाषीलाई एकताबद्ध बनाउने पार्टी काँग्रेसमात्र भएको भन्दै नेपाली काँग्रेसबाहेक अरुले नेपाल र नेपालीलाई धनी बनाउन नसक्ने ठोकुवा गरे ।

आउँदो १४ औं महाधिवेशनले नेपाली काँग्रेसलाई बलियो बनाउँन सबैलाई जोड्ने काम गर्ने भन्दै नेपाल तरुण दलले काँग्रेसको मेरुदण्डको रुपमा जनताकाबीचमा एजेण्डा लिएर जाने बताएका छन् । उनले धादिगं तरुण दलको कार्यक्रमलाई सम्बोधन गर्दै बिपी कोईरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजबादको नारालाई जनताको घरघरमा पुर्याउने जिम्मा तरुण दलले लिने बताउँदै काँग्रेसले अह्राएका सम्पूर्ण काम तरुण दलले बौद्धिक वा जुनसुकै रुपमा गर्ने बताए ।

कम्युनिष्टहरु बोल्नेमात्र भएको भन्दै मुलुकको समृद्धिको लागि काँग्रेसको बिकल्प नभएको अध्यक्ष बस्नेतको छ । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला संबिधान कार्यान्वयन भएको भन्दै काँग्रेसलाई मजबुत बनाउन सबै लाग्नुपर्ने बताए । उनले ओली सरकारले काम गरेको के भन्ने हो भने भ्रष्टाचारमात्र गरेको उनले बताउँदै कम्युनिष्टसँग लड्न आफूहरु तयार रहेको बताए । नेपाल तरुण दलमा सबै नेतालाई सम्मान गर्ने परिपाटी रहेको भन्दै पार्टी नेताहरुलाई गाली गर्ने भन्दा सबै मिलेर अगाडी बढुनुपर्ने विचार व्यक्त गरेका छन् ।