पु.समाचार

आज ३१५ जना थपिए कोरोना संक्रमित, हालसम्म निको हुने १४ हजार ४९२ जना

१७ साउन, बिराटनगर । पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना भाईरसका संक्रमितहरु फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ९३ जना निको भएकालाई जोड्दा १४ हजार ४९२ जना अहिलेसम्म निको भएका छन् ।

हालसम्म पाँच हजार ३३८ जना कोरोना संक्रमित उपचाररत छन् ।