प्रदेश 1

भ्रष्टाचार बिरोधी उपसचिव प्रेम सञ्जेललाई आफ्नै कर्मचारी दुई महिलाले गरे हातपात

१७ साउन, बिराटनगर । श्रम कार्यालय बिराटनगरका प्रमुख प्रेम सञ्जेललाई मातहतका दुई महिला कर्मचारीले हातपात गरेका छन् । मोरगं प्रहरी कार्यालयका एसपी सन्तोष खड्काका अनुसार दुई कार्यालय सहयोगीको रुपमा खटिएका महिलाहरुलाई ड्युटि सिफ्ट परिवर्तन गर्ने बिषयमा बिबाद हुँदा कार्यकक्षमा नै महिलाहरुले हातपात गरेका हुन् ।

बिहान ११ बजे उपसचिव सञ्जेलले आफूलाई हातपात गरेको भन्दै प्रहरीमा खबर गरेको र दुबै पक्षलाई प्रहरी कार्यालय बोलाएर छलफल गरिने प्रहरीले बताएको छ । महिला कर्मचारीले आफूहरुलाई राती नखटाईदिन उपसचिव सञ्जेललाई भन्दा बिबाद भएको र उनीहरु उपसचिव सञ्जेलबिरुद्ध जाईलागेको बताईएको छ ।

भ्रष्टाचारबिरोधी कर्मचारीको रुपमा नेपाली जनमानसमा चिनिएका सञ्जेलको कार्यालयमा कर्मचारीहरु सरुवा मागेर कमै जाने गरेको समाचार आएपनि हाकिमले खटाएको स्थान र समयमा चित्त नबुझेर आक्रमण नै गरेको घटना भने यो उनको पहिलो हो ।