राजनीति

काँग्रेसले गाउँ-गाउँमा बिजुली/बाटो/अस्पताल पुर्यायो, प्रचार गर्न सकेनः बरिष्ठ नेता पौडेल

१७ साउन, काठमाडौं। नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले शहरको समृद्धि र गाउँमा बसिरहौं जस्तो वातावरण बनाउनुपर्ने बताएका छन् । बिकास हुँदा शहरका लागि पनि गुणरस्तरीय स्वास्थ्य, शिक्षा गाँउमा पुर्याउनुपर्ने बताउँदै जानुपर्ने बिचार व्यक्त गरेका छन् ।  नेता पौडेलले काम नेपाली काँग्रेसले प्रचार गर्न नसकेको भन्दै कम्युनिष्टको काम भन्दा गफ बढी हुने तर लोकतन्त्रमा बिश्वास गर्नेको गफ कम र काम बढी हुने बताएका छन् । बरिष्ठ नेता पौडेलले काम गरेका कुराहरु सामाजिक लोकतन्त्र अध्ययन केन्द्र अध्ययन केन्द्रले जनताकोमा पुर्याउने काम गर्नुपर्ने विचार ब्यक्त गरेका छन् ।

बरिष्ठ नेता पौडेलले युवा नेताहरुले उमेर समूहका नेताहरुको व्यवहारलाई दोष दिने गरेकोमा आपत्ती जनाउँदै पदमा रहँदा एउटै उमेरका मान्छेले सदुपयोग वा दुरुपयोग के गर्यो भन्ने खोजीनीति गर्नुपर्ने, मुल्याँकन र अनुसंधान हुनुपर्ने बताए । नेता पौडेलले १०० भारी खर खाट्ने वा एउटा सलाई कोरोना खरानी बनाउनेको लागि पनि एउटै मूल्याँकन हुनु नहुो भन्दै ग्रामीण पुर्वाधारका लागि काम गर्ने मूल्याँकन हुनुपर्ने उनको टिप्पणी छ । नेता पौडेलले स्वास्थ्य चौकी, स्कुल, बाटोघाटो, बिजुली सबै गाँउमा पुगेपनि किन बिदेश गएको भन्ने प्रश्न आएको भन्दै रोजगारी दिन सके पलायन भएका युवा नेपालमा नै रहन सक्ने वातावरण बन्ने दाबी गरे । नेता पौडेलले समाजबादी कृषिको विकास गर्दै रोजगार श्रृजना गर्न सकिने भन्दै पर्यटन पुर्बाधार र कृषि क्रान्ती जरुरी रहेको उनको बिश्लेषण छ । आफू युरोप घुम्दा उनीहरुले बनाएको भन्दै नेपाल भनेको प्रकृतिले दिएको भन्दै बिजुली दिने नदीहरु, पहाड जडिबुटी, बायोडायभरसिटीले भरिएको हामीसँग भएको उनको दाबी छ ।

नेता पौडेलले कम्युनिष्ट सरकारले कुहिराको काग भएको भन्दै काँग्रेसले बनाएका बाटाघाटा पक्की बनाए पुग्ने भएपनि त्यो गर्न नसकेको उनले तर्क गरे । नेता पौडेलले कृषि शिक्षा, कृषि अनुसंधान, कृषि प्रसारण प्रयोग गरी कृषकको आम्दानी बढाउँदै कृषकलाई सुकिलामुकिला बनाउने उनले दाबी गरे । उनले सुनदरीलाई अलि अलि मिलाए पनि त्यो धेरै सुन्दरी हुने उदाहर दिँदै नेपाल आफैं सुन्दर भएकाले अलिअलिमात्र विकास गरे पनि धेरै नै सुन्दर हुनसक्ने दाबी गरेका छन् । पहाडमा अर्गानिक तरकारीहरु उयत्पादन गर्ने र खान पाउने वातावरण भएको भन्दै कृषिलाई छाडी रेल, पानी जहाजका ठूला ठूला कुरामात्र गर्ने काममा व्यस्त भएको बताए ।  उनले सम्भाब्यता भएको कुरामा चिन्नुपर्ने दाबी गर्दै देशले माटो चिन्ने नेता चिन्न नसकेकोमा आफूलाई दुःख लागेको दाबी गरे। उनले भारतीय जनता पार्टीका नताहरु लालकृष्ण आणबाणी, अटलबिहारी बाजपेयी भन्दा नरेन्द्र मोदी जुनियर भएपनि माथी किन आए भन्ने कुरा बुझ्नुपर्ने भन्दै उनी गुज्रातमा काम गरेका कारण आएको बिर्षन नहुने बताए । उनले धुलोबाट उठेको नेता माथी पुग्नुपर्ने विचार व्यक्त गर्दै उर्वर शक्ती चाहिएको बताए ।

नतो पौडेलले नेपाली काँग्रेस बिपी कोईरालाको बाटोबाट आउट भएको भन्ने, विचार शुन्य भएको भन्ने गलत भएको भन्दै क्षत्रीय र जनता नै राष्ट्रियता भएको बताए । उनले बिपीको बाटोमा देश हिँडेको भन्दै जनताले बनाएको संबिधान, जनताका प्रतिनिधि चुन्ने व्यवस्था गर्नु विपीको बाटो भएको बताए । आफूले राजालाई बिपीकै बाटोबाट हटाउन काँग्रेसको गणतन्त्रको बाटोमा जाने लाईन क्लियर गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । अहिले स्थानीय तह थिएन भने कोरोनाको समयमा क्वारेन्टाईन कसले बनाउथ्यो भन्ने प्रश्न गर्दै तल्लो तहका जनतालाई अधिकार दिने बिपीको सपना काँग्रेसले पुरा गरेको उनको दाबी छ ।

ओरल्ली, मोरल्ली, पोलिटिकल्ली रुपमा देशलाई अझ समृद्ध बनाउने मानिसहरु अहिले पनि भएको भन्दै जो चोर उसैको ठूलो स्वर भनेका छन् । जो भ्रष्ट छ उसैले ठूला कुरा गर्ने गरेको भन्दै एउटा तस्कर करोडौं रुपयाँ कमाएर आएर पार्टी कब्जा गर्ने परम्परा आएको उनले बताए । नेता पौडेलले सत्यको थुतुनोलाई बलियो र असत्यको थुतुनु बन्न गर्दै मान्छेलाई मान्छे भएर बाँच्न दिने बाताबरण बनाउनेखाल्को समाजबाद निर्माण गर्नुुपर्ने उनले बताए । आजको लोकतान्त्रिक अध्ययन प्रतिष्ठानको जुम बैठकमा बरिष्ठ नेता पौडेलले उक्त कुरा बताएका हुन् । 

नेता पौडेलले बिपीको बिचारलाई मूर्त रुप दिन संबिधान बनाएको भन्दै संबिधान नै बिपीको बिचारको प्रमाण भएको बताए । संबिधान समाबेशी भएको भन्दै नेपाली काँग्रेसको संबिधानसमेत समाबेशी भएको दाबी गरे । नेता पौडेलले प्रत्यक्ष निर्बाजन प्रणलीको कुरा कम्युनिष्टहरुले उठाउने गरेको भन्दै संसदीय प्रणलीको बिकल्प नभएको बताए । बिपीको विचार काँग्रेसले छाडेको भन्ने देशभरका कार्यकर्ताले अस्वीकार गर्नुपर्ने बताउँदै केपी ओली, प्रचण्डहरुलाई चुनौती दिने भन्दै १० बर्ष अवशर पाए मुलुकलाई कायापलट गर्ने दाबी गरे । नेता पौडेलले केपी ओलीलाईजस्तो आफूलाई ज्यानमुद्धा लागेको नभई आस्थाको बन्दी भएको भन्दै आफूसँगमात्र देशलाई निकास दिने क्षमता भएको दाबी गरे ।