साहित्य

खुसी !

          – डा सुरेन्द्र सिटौला                      -कविता

खुसी किनेर
सुखी हुने सपनामा रमाउदै
खुसी किन्न ब्यस्त
मान्छेको ठुलो भिड
घात, प्रतिघात र अन्तरघातको पसलमा
मोल मोलाइ गर्दै थियो
थाहा भएन उसलाइ
मोल मोलाइ गर्दा गर्दै
भित्रि खुसीमा रमाउने
उ भित्रको शाश्वत मान्छे
पल पलमा मर्दै थियो ।

मोल मोलाइको नाफा सबै
आफ्नै झोली भर्दै थियो
नाफाको बोझले
उ भित्रको शाश्वत खुसी
निस्सासिएर मर्दै थियो
खुसी खेल्ने घर आगन
पहिरो बनि झर्दै थियो
बिडन्वना !
खुसी किन्न तछाड मछड
मान्छे अझै गर्दै थियो ।

बिर्सेछ क्या रे, मान्छेले !
इतिहासमा !
कुबेरी सुख रोएको
दरबार लाइ कहिल्यै थाहा भएन
माहाभारतले भन्थ्यो
कृष्णको दुःखले
सुदामा लाइ कहिल्यै छोएन
किन बिर्स्यो मान्छेले !
दरबार त्यागे पछि
बुद्धको खुसी
दुस्खले कहिल्यै रोएन ।

किन थाहा पाउदैन मान्छे
छताछुल्ल पोखिएको खुसी
उ बस्ने ब्रह्माण्डको
त्यो सानो देशमा
चिन्दैन उसले किन हो
अहम ब्रह्माष्मी भन्दै
मुस्कुराइ रहेको खुसी
फकिर सन्यासी हरुको भेषमा !!