सामाजिक सञ्जाल

रवीन्द्रको दाबीः हामी सत्तामा भएको भए दिनरात काम गर्थ्यौँ भ्रष्ट/स्वार्थलिप्त हुँदैनथ्यौं

१७ साउन, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफूहरु सत्तामा भएको भए भ्रष्टरस्वार्थलिप्त हुँदैन थियौँ भन्ने दावी गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘हामीलाई सोधिन्छ, आलोचनामात्र गरेर हुन्छ, तपाईंहरू सरकारमा भए के गर्नुहुन्थ्यो? अहिलेको परिप्रेक्षमा भन्नुपर्दाः जनताको संवैधानिक अधिकारमाथि धावा बोल्दैन थियौँ।’

संयोजक मिश्रले भावुक हुँदै थपेका छन्, ‘सरकारी संयन्त्र र विषयगत विज्ञहरूको सहयोगमा जनतालाई राहत दिन दिनरात मरेर काम गर्थ्यौँ। भ्रष्टरस्वार्थलिप्त हुँदैन थियौँ।’
संयोजक मिश्रको ट्वीटः हामीलाई सोधिन्छ, आलोचनामात्र गरेर हुन्छ, तपाईंहरू सरकारमा भए के गर्नुहुन्थ्यो? अहिलेको परिप्रेक्षमा भन्नुपर्दाः जनताको संवैधानिक अधिकारमाथि धावा बोल्दैन थियौँ। सरकारी संयन्त्र र विषयगत विज्ञहरूको सहयोगमा जनतालाई राहत दिन दिनरात मरेर काम गर्थ्यौँ। भ्रष्टरस्वार्थलिप्त हुँदैन थियौँ।