पु.समाचार

देखियो सांसदलाई पनि कोरोनाः प्रदिप सहित ६४ जनामा संक्रमण पुष्टि

१७ साउन, काठमाडौं । पछिल्लो समय कोरोनाको ईपिसेन्टर बन्दै गएको वीरगञ्जमा संक्रमीतको सङख्या तिब्र बढ्दै गएको छ । यस्तै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मुुलुकैभरी अहिले चिकित्सक, सुरक्षाकर्मी संक्रमीत बन्दै गईरहेका छन् । यसै क्रममा वीगरगञ्ज नारायणी अस्पतालको आईसोलेशनमा शुक्रबार राति गरिएको परिक्षणमा सांसद यादव, अंगरक्षक, सवारी चालक सहित ६४ जनामा कोरोना देखिएको हो ।

शुक्रबार राति संक्रमण पुष्टि भएको ६४ जनामा ६१ जना पुरुष र ३ जना महिला रहेका छन् ।संक्रमीतहरु १५ वर्षका बालकदेखी ६८ वर्षका बृद्ध समेत रहेका छन् । संक्रमीत सांसद यादव, उनका अंगरक्षक र सवारी चालकलाई घरकै आईसोलेसनमा राखिएको छ ।

संक्रमीत हुनेहरुमा दुई जना नारायणी अस्पतालका स्वास्थ्यकर्मी समेत भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाधयायले जानकारी दिएका छन् ।यसअघि बिहिबार राति वीरगञ्जमहानगरपाीका नगर प्रमुख विजय सरावगिमा पनि कोरोना पुष्टि भएको थियो ।