राजनीति

पौडेलको आक्रोशः नौ/नौ वटा भातृसंस्थाको म्याद बिज्ञप्ति निकालेर थप्नु निर्लज्ज कार्य

१६ साउन, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आज सभापति शेरबहादुर देउवाले काँग्रेस भातृसंस्था नेविसंघ, तरुण दल, महिला संघ लगायतको ६ महिनाको म्याद थपेकोमा आक्रोश पोखेका छन् ।

उनले सभापति देउवाको निर्देशननुसार भन्दै मुख्यसचिव कृष्णचन्द्य्र पौडेलले विज्ञप्ती जारी गर्दै ९ वटा भातृसंस्थालाई ५ महिना थप गर्ने भन्दै गरिएको बिज्ञप्ती पार्टीको केन्द्रीय समिति बैठकमा छलफल पनि गरी गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बरिष्ठ नेता पौडेलले आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइदैछ । लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिंडेका साथीहरू भनेर सभापति देउवालगायतलाई संकेत गर्दै गम्भीर रहन आग्रह गरेका छन् ।

भातृसंस्थाहरुको मयाद सकिएर निर्बाचन गर्न पार्टीको केन्द्रीय महाधिवेशनका कारण असम्भव भएर थपिएको दाबी देउवा निकट नेताहरुको छ भने कम्तीमा केन्द्रीय समिति बैठकमा छलफल गरेर गरेको भए लोकतान्त्रीक परम्पराको अस्थित्व रहन्थ्यो भन्ने पौडेल पक्षको भावना छ । पछिल्लो समय बिभागमा समेत पौडेल पक्षको सहमती बिना मनोनयन गरेपछि सभापति देउवासँग पौडेल पक्ष क्रुद्ध छ ।

नेता पौडेलको आक्रोशः निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने , त्यसमाथि अब आएर म्याद थप्न पार्टीको बैठक सम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ नौ वटा भातृसंस्थाको म्याद थप्ने बिज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइदैछ । लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिंडेका साथीहरू !
गम्भीर हुनुहोस् !

जय नेपाल !

-आज विज्ञप्ती प्रकाशित गर्दै यसरी थपिएको थियो भातृसंस्थाको म्याद