समाचार

अन्तरराष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाउने

१६ साउन, काठमाडौँ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर नै मनाउने भएको छ ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विश्व अभियानका लागि युवा सहभागिता रोजगारी प्रवर्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने मूल नाराका साथ यही साउन २८ गते विभिन्न कार्यक्रम गरी देशभर मनाउने भएको हो । यस बर्ष कोरोना भाइरस ९कोभिड–१९०को कारणले वृहत कार्यक्रम नगरी भर्चुअल कार्यक्रम गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलबाट उद्घाटन हुने छ ।

दिवसको अवसरमा युवा ¥याली, अन्तरक्रिया, रक्तदान कार्यक्रम, नाटक, सरसफाइ, नीति सम्वाद, साँस्कृतिक कार्यक्रम, वृक्षरोपण, वक्तृत्वकला प्रतियोगिता युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रमजस्ता युवा लक्षित कार्यक्रम मनाउन थालिएको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालको कूल जनसङ्ख्यामध्ये ४०.३ प्रतिशत युवा रहेका छन् । अहिले तय गरिएको नाराले नेपालको सामाजिक साँस्कृतिक र आर्थिक गतिविधिलगायत राष्ट्रिय अभियानमा युवाको सार्थक परिचालन गरी समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय संकल्पलाई सहयोग पु¥याउने लक्ष्य राखिएको परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले जानकारी दिए ।

नेपालमा युवा साक्षरता ७१ प्रतिशत, युवा स्वरोजगारको अवस्था ५८.८ प्रतिशत, कृषिमा संलग्न युवा ५०.५ प्रतिशत, बेरोजगार स्नातक युवा २६.१ प्रतिशत रहेका छन् भने प्रतिवर्ष पाँच लाख १५ हजार युवा श्रम बजारमा प्रवेश गर्छन् । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ (साउन २८)लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सोही घोषणासँगै युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाउन थालिएको हो ।

नेपालमा भने सन् २००४ देखि युवाका क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रम मनाउन थालिएको हो । दिवसमा अवसरमा युवाका क्षेत्रमा काम गरेका विभिन्न व्यक्तिलाई सम्मान समेत गरिने परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिए ।