पु.समाचार

वीरगञ्जमा कोरोनाको त्रासः ४४ जना भेटिए नयाँ, दुई चिकित्सक पनि संक्रमित

१६ साउन, वीरगञ्ज । वीरगञ्जमा फेरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २ चिकित्सक सहित ४४ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै नारायणी अस्पतालमा डाएलाईसिस गराउने ३ विरामिमा पनि कोरोना देखिएको छ । ४४ जना संक्रमित मध्य १२ जना महिला पनि रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।

यस्तै कन्ट्याक ट्रेसिङमा दुई चिकित्सक सहित ११ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएके छ । संक्रमित स्वास्थ्यकर्मी नारायणी अस्पतालको आइसियु, मेडिकल र ओपडी विभागका हुन् । एडभान्स मेडिकेयर र अन्य अस्पतालका स्वाथ्यकर्मीमा समेत संक्रमण देखिएको छ ।

साथै वीरगञ्जको दुईओटा औंषधि उद्योगका चारजना कर्मचारीमा पनि पुष्टि भएको छ ।  संक्रमित ४४ जनाहरु आफ्नै पैसाले कोरोना परिक्षण गरेको बताईएको छ । पछिल्लो समय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा कोरोना देखिँदै गईरहेको छ ।