पु.समाचार

प्रहरी प्रधान कार्यालयमा फेरी थपिए २८ कोरोना संक्रमीत

१६ साउन, काठमाडौं । पछिल्लो समय कोरोनाको मेन तारगेट फ्रन्टलाईनमा काम गर्ने नेपाल प्रहरी बन्दै गएका छन् ।

लकडाउन खुलेयता मुलुकमा संक्रमण वढ्दै गईरहेका बेला प्रहरीहरुमा कोरोना संक्रमण देखिँदै गएको छ । ट्राफिक प्रहरीदेखी प्रहरी कार्यालयका कार्यरत अन्य कर्मचारीमा कोरोना संक्रमण देखिदै गएको छ ।

यहि क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । बिहिबार साँझ र आज बिहान गरेर सवारी र सञ्चार शाखामा कार्यरतमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण देखिएको हो ।

यो संगै प्रहरी प्रधानका र्यालयमा मात्रै कोरोना पुष्टि हुनेको सङख्या ७२ पुगेको छ । भने देशैभरी २ सय ५० जना प्रहरी कोरोना संक्रमीत भएका छन् ।