आर्थिक

कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सहकार्य

१६ साउन, काठमाडौं । कुमारी बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीकाबीच विशेष सेवाहरुमा छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ ।

उक्त सहकार्य पश्चात डेबिट/क्रेडिट कार्डवाहकहरुलाई कुमारी बैंककोकार्ड मार्फत भुक्तानीगर्दा, सुविधानगरस्थित उक्त सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा १०% सम्मको आकर्षक छुट प्राप्तगर्न सक्नेछन् । यसैगरी, ग्राहकहरुले होटेल बसाईमा रुम शुल्कमा पनि आकर्षक कर्पोरेट छुट प्राप्तगर्न सक्नेछन ।

सो सम्झौता पत्रमा कुमारी बैंककातर्फबाट बैंकका रिलेसन्शिप म्यानेजर उदितबहादुर सिंह तथा सिद्धार्थ बिजनेस ग्रुपकातर्फबाट सेल्स तथा मार्केटिङ्ग निर्देशक प्रभाकर खड्काूले हस्ताक्षर गरेका छन् । बैंकको प्रधानकार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो ।

कुमारी बैंकले आफ्ना देशव्यापी २ सय ३ शाखा सञ्जाल, १ सय ३८ एटिएम, २२ शाखा रहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदैआएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथाउत्कृष्ट सेवाकानिमित्त सहकार्यहरु गर्दैजाने प्रतिबद्धता जनाएको छ ।