आर्थिक

एसबिआई बैंक र चिरायू नेसनल हस्पिटलबीच सम्झौता

१६ साउन, काठमाडौं । काठमाडौं । नेपाल एसबिआई बैंक र चिरायूनेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि.बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरीचिरायू नेसनल हस्पिटल एण्ड मेडिकलमा कार्ड प्रयोग बापत हस्पिटल सेवामा १५ प्रतिशत सम्मको छुटप्रदान गर्ने सम्झौता भएको छ ।

उक्तसम्झौता अनूसार बैंकका गा्रहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट प्राप्त गर्नसक्नेछन् ।

उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छवि राज पन्त तथा चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि.का निर्देशक संजिव राजभण्डारीका बिचसम्पन्न भएको हो ।