राजनीति

बाढीपहिरो पीडितको उद्धारका दत्तचित्त भएर लाग्न अध्यक्ष बस्नेतको तरुणलाई निर्देशन

१६ साउन, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले स्थानान्तरण गर्न, उद्यार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष बस्नेतले लगातार अविरल बर्षा हुदा तराईका विभिन्न जिल्लामा डुबान र बाढीका कारण हजारौं घर परिवार बिचल्लीमा परेका छ्न त्यसैले यो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा जोखिममा रहेकालाई सहयोग गर्न निर्देशन दिएका हुन् ।

देशभर बाढीपहिरो तथा डुबानका कारण कतिपयले ज्यान गुमाउनुपरेको छ भने कतिपय बिस्थापित भएका छन् । यसै अवस्थामा अध्यक्ष बस्नेतले देशभरका तरुणहरुलाई उक्त मानविय कार्यमा दत्तचित्त भएर लाग्न निर्देशन दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत निर्देशन दिँदै अध्यक्ष बस्नेत भन्छन्, ‘लगातार अविरल बर्षा हुदा तराईका विभिन्न जिल्लामा डुबान र बाढीका कारण हजारौं घर परिवार बिचल्लीमा परेका छ्न त्यसैले यो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्यार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई निर्देशन गर्दछु । जय नेपाल जय तरुण ।’