प्रदेश 2

प्रदेश २ का एक न्यायधीशमा देखियो कोरोना

१६ साउन काठमाडौं । उच्च अदाल जनकपुरधामका एक न्यायधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन १३ गते न्यायधीश सहित २२ जनाको स्वाब संकलनगरी परिक्षण गरिएकोमा न्यायधीशमा संक्रमण देखिएको हो ।

प्रदेश नम्बर २ का ५० वर्षका न्यायधीशमा बिहिबार संक्रमण पुष्टि भएको उच्च अदालत स्रोतले जानकारी दिएको छ ।

प्रदेश २ मा न्यायधीमा कोरोना पुष्टि भएको यो दोस्रो केस हो । न्यायधीशमा कोरोना पुष्टि भएपनि अदालतका काम कारबाहि प्रभावित भएको छ ।