पु.समाचार

जगदम्बाका सिईओको कोरोनाका कारण यसरी भयो निधन

१६ साउन, काठमाडौं । वीरगञ्ज महानगरपालीमा रहेको जगदम्बा ईन्टर प्राईजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोनाको कारण मृत्यु भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार भारत घर भई वीरगञ्ज ११ श्रिपुर बस्दै आएका ५६ वर्षका कार्यकारी अधिकृतको गएराति मृत्यु भएको हो ।

मुटुको वाईपास सर्जरी गराएका उनमा साउन ६ गते कोरोना पुष्टि भएपछि ७ गते गण्डकस्थित कोभिड अस्पतालमा भर्ना भएका थिए ।

अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा उपचाररत उनको गएराति ११ बजे गण्डकस्थीत कोभिड अस्पतालमा मृत्यु भएको हो । यस्तै बिहिबार नै वीरगञ्जमा अन्य दुई जनाको पनि कोरोनाका कारण मृत्यु भएको छ ।