प्रदेश 2

वीरगञ्ज महानगरपालिकाका प्रमुख सरावगीमा पनि कोरोना पुष्टि

१६ साउन, वीरगञ्ज । लकडाउन खुलेयता मुलुकका कोरोनाको झनै जटिल अवस्था सिर्जना भएको छ । यसमा पनि वीगञ्ज त झनै कोरोनाको ईपीसेन्टर बन्ने खतरा बढेको छ । त्यहाँ संक्रमीत र मृतकको सङख्या थपिईरहेको छ ।

यस्तै वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीमा पनि कोरोना पुष्टि भएको छ । प्रमुख सरावगीले आफू कोरोना जितेर फेरि नागरिकको सेवामा फर्कने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

काम विशेषले काठमाण्डौ आएका महानगर प्रमुखलाई बाटोमा हल्का ज्वरो र घाँटीमा समस्या देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि उनाँले आफू आइसोलेशनमा बसेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

आफूले वीरगञ्ज बासीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन हर–सम्भव प्रयास गरे पनि समुदायस्तरमै फैलिएको र आफू पनि सङ्क्रमित भएको बताएका छन  । उनले समयमा नै एक घर एक परीक्षण अभियान हुन नसक्दा नै वीरगञ्जमा कोरोना सङ्क्रमण फैलिएको दाबी गरेका छन् ।